गण्डकीमा ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६८ जनामा गरिएको नमूना परीक्षणमा ३८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७७ महिला र २०३ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र कम नवलपरासी पूर्वमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १७१ बागलुङ ४७, स्याङ्जा ७०, म्याग्दी ३१, पर्वत ४६, लमजुङ ७ तनहुँमा ५ र नवलपुरमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ हजार ६८६ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ का ७६ वर्षीय पुरुष, पोखरा–१२ का ९० वर्षीय पुरुष, पोखरा–३२ का ७३ वर्षीय महिलाको मृत्यु भएको छ । उनीहरु तीनै जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी स्याङजाको गल्याङ नगरपालिका–७ की ६९ बर्षिय महिला, वालिङ–१३ का ७६ वर्षीय पुरुष, वालिङ–१२ का ३९ वर्षीय पुरुष र फेदीखोला गाउँपालिका– २ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी नवलपरासी पूर्व, देवचुली–११ का ४७ वर्षीय पुरुष, देवचुली–६ का ५५ वर्षीय पुरुष, विनयत्रिबेणी–१ का ६१ वर्षीय पुरुष, गैडाकोट–७ की ५० वर्षीय महिला र गैंडाकोट–१ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १९२ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६८ हजार ३५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ३३२ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १३८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण