काबुलका भित्ताबाट महिला मोडलका तस्बिर हटाइँदै
अफगानिस्तानको टोलो न्युजका प्रमुख लोतफुल्लाह नाजाफिजादाले एउटा तस्बिर आइतबार आफ्नो ट्वीटरमा शेयर गरेका छन्, जहाँ एक पुरुषले भित्तामा कोरिएको महिला मोडलको तस्बिरलाई रंग लगाएर हटाउँदैछन् ।
तालिवानी लडाकुहरु अहिले काबुलको ढोकामा आएर रोकिएका छन् । अफगानिस्तानमा उनीहरुले कब्जा गर्न बाँकी शहर यहीमात्रै हो । शान्तिवार्ता चलिरहेकाले काबुल कब्जा नगर्ने घोषणा तालिवानले गरिसकेको छ, उसले आफ्ना लडाकुहरुलाई शहरभित्र नघुस्न पनि भनेको छ । तर, यसका बाबजुद पनि लडाकुहरु शहरभित्र घुसिसकेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।
काबुलमा तालिवान फर्किएसँगै युवतीहरू सहयोगको याचना गरिरहेका छन् । २००२ अघि काबुलबाट तालिवानले पुरै अफगानिस्तानको सत्ता हाँकेको थियो । यतिबेला अफगानिस्तानमा सरिया कानून लागु थियो । जसअनुसार १२ वर्षभन्दा बढी उमेरका छात्राले स्कुल जान पाउँदैनथिए, महिलाहरुले बुर्कामा मुख छोप्नुपथ्र्यों ।
मिडिया रिपोर्टअनुसार अहिले तालिवानले कब्जामा लिएर शहरहरुमा पनि पुरुषलाई नलिई महिलाले एक्लै घरबाहिर निस्कन पाउँदैनन् । त्यस्तै, केही महिला कामदारहरुलाई अब उनीहरुको जागिर पुरुषले गर्नेछन् भनिएको छ । उनीहरुलाई बुर्का लगाउन पनि निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण