हिउँचितुवाको स्वभाव लजालु र भलादमी
सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाले, त्यतिबेला उनको शरीर थरथर काँपिरहेको थियो ।
तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उनलाई लागेको थियो । उनीसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा. रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराराएका थिए तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन् । बरु लजालु, भलादमी स्वभावका थिए । मान्छे देख्दा लुसुक्क भाग्ने, लुक्ने प्रकृतिका थिए ।
बिरालो प्रजातिका पाटे बाघ, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, चरीबाघ, जङ्गली बिरालोलगायतका जनावर हिंस्रक हुन्छन् भन्ने सैद्धान्तिक ज्ञान सिकाएका विश्वविद्यालयका प्राध्यापकले हिउँचितुवाको बासस्थानमा गएर उसको आनीबानी, व्यवहार अवलोकन गर्नु र त्यसलाई लिपिबद्ध गर्नु कक्षाकोठामा पढाएजस्तो सजिलो थिएन । त्यति बेलाको अनुभव सम्झँदै प्रा. शाहले भने, “अध्ययन सुरु गर्दै गर्दा हिउँचितुवा जति डरलाग्दो र हिंस्रक होला सोचिएको थियो, त्यो पटक्कै भेटिएन तर ऊ त यति भलादमी र लजालु रहेछ कि हामीले सोचेको भन्दा निकै फरक । हामी देख्दा ऊ लुक्यो, हामी अगाडि बढ्यौँ, ऊ लुसुक्क पर भाग्यो, हामी उसको नजिक पुग्नै थाल्यौँ, ऊ त भीरबाट हामीले नदेख्ने गरी खोल्सीमा झ¥यो । हामीतिर उसले खासै वास्ता गरेन । बाघ, चितुवा भएको भए हामीलाई बाँकी राख्दैनथ्यो होला ।”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण