असोजभित्र थप एक करोड खोप ल्याइने
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जनाए ।
कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौती र जिम्मेवारीबारे आइतबार आयोजित भर्चुअल समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाउने प्रण सरकारले गरेको बताए । यो सप्ताहान्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।
उनले सर्वप्रथम खोपको व्यवस्थापन, वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा यो सरकार पूर्ण विश्वास रहेकोे बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो समयदेखि यसका चौतर्फी असर भोग्दै आएको उल्लेख गरेका छन् ।
सरकारको कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाहमा बनाउनेसमेत प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिने जानकारी प्रधानमन्त्री देउवाले दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण