खोप लगाएको प्रमाणपत्र लिन झरीमा रुझ्दै सडकमै रात
अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए। जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए।
उनीहरूको समस्या बुभ्mने हाम्रो हुटहुटी झरीले रोक्न सकेन। दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २ः१५ बजे देखाएको थियो। पानी परिरहेकै थियो। अस्पताल गेट अगाडिको सडकपेटी खचाखच थियो। कोही मोबाइलमा व्यस्त थिए, कोही निदाएका। कोही एकापसमा दुःख र पीडाका कुरा गरिरहेका थिए। सरकारले खोप प्रमाणीकरणलाई व्यवस्थित नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।
अस्पतालमा सबैभन्दा पहिले पुगेका थिए, धनबहादुर महर्जन। स्वयम्भूका महर्जन गेटको एक कुनामा बसेर आफ्नो पालो मिचिएला कि भनेर चनाखो देखिन्थे। उनी पहिलो नम्बरमा पर्न शनिबार बिहान १० बजे नै गेटमा गएर बसेका रहेछन्। त्यहीँ नै रात कटाए।
‘कोरोनाले विदेश जान अर्को कागज थप्यो। खोप लगाएर मात्रै भएन, यसको पनि प्रमाणपत्र र क्यूआर कोर्डका लागि लाइन नलागे उपाय छैन’, उनले भने, ‘दैनिक २ सय जनाभन्दा बढीले यो सेवा पाउँदैनन्। २ सय जनाभित्र पर्न अघिल्लै दिन आउनुको विकल्प छैन।’
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण