आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नारायणी अस्पतालमा अख्तियारको छापा

सोमबार, ३२ साउन २०७८, १३ : ४३
सोमबार, ३२ साउन २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि  आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो ।

टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए । उनले अस्पतालको अनियमितताबारे थप अनुसन्धान भइरहेको बताए ।

केहि दिनअघि आयोगको टोलीले बीरगंज महानगरपालिकामा पनि छापा मारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप