इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन
रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।
वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ ।
विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । “परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका लागि योग्य मानिनेछ,” निर्देशक भट्टराईले भने, “मापदण्डअनुसार नपरेका आवेदन अस्वीकृत हुनेछन् ।” विभागले भदौ १५ देखि २२ गतेसम्म स्वीकृत भएका आवेदनका लागि परीक्षा तय हुने जनाएको छ । सबै आवेदनलाई म्यानुयल रूपमा हेर्नुपर्ने भएकाले लिखित परीक्षाको मिति भने तय गरिएको छैन ।
विभागको इजरायल फोकल व्यक्ति निर्देशक डम्बर सुनुवारले कोभिड संक्रमणको अवस्थामा परीक्षा कसरी गर्ने भन्नेबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) लाई पत्राचार गरेर सुझाव माग गरिएको बताए । इजरायलका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंकभन्दा बढी ल्याउने पास हुने भए पनि म्यारिटबेसमा छनोटमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।
आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली युवाले सरकारी तवरबाट सहायक कामदारका रूपमा केयर गिभरमा रोजगारी पाउने भएपछि धेरै युवाको आवेदन पर्ने अपेक्षा गरिए पनि कडा छनोट मापदण्डका कारण विद्यालय तह शैक्षिक योग्यता पूरा नभएका युवाले आवेदन दिन पाएनन् । यो समाचार काररोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण