उपत्यकामा बढ्यो कोरोना जोखिम
बुधबार, ०२ भदौ २०७८, ०७ : ५३
काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण