९५ केन्द्रीय कमिटी भएको एमाले समाजवादी दर्ता : नेपाल अध्यक्ष, खनाल वरिष्ठ नेता
बुधबार, ०२ भदौ २०७८, १७ : ०३
निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
विवाद भएकोले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकोले सो चिन्ह पनि हुनसक्ने पाण्डेले बताए । दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने उनको भनाई छ ।
एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत पाण्डेले आग्रह गरे । उनले केपी शर्मा ओली सुध्रिएर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने उल्लेख गरे ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



