सीटीईभीटीको कर्मचारी संघको अध्यक्षमा टण्डन
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को कर्मचारी संघको केन्द्रिय अध्यक्षमा दिपक टण्डन निर्वाचित भएका छन् । परिषद्को केन्द्रिय कार्यालयमा साउन २९ र ३० मा भएको निर्वाचनमा टण्डनको समूहले जित हासिल गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा यदुप्रसाद पुडासैनी, उपाध्यक्षहरूमा विनय देवकोटा, सञ्जयकुमार यादव, पिङ्गला पाण्डे, अर्जुन काफ्ले, ध्रुवराज न्यौपाने, महासचिवमा कृष्णबहादुर खड्का र उप–महासचिवमा प्रमोद पौड्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा शिवराम श्रेष्ठ, सदस्यहरूमा भरत सापकोटा, साइमन जवेगु (लिम्बु) र हर्कबहादुर चौधरी लगायत निर्वाचित भएका छन् ।
करार कर्मचारीको समस्या, स्थायी कर्मचारीहरुको व्यवस्थीकरण र संस्थाको शैक्षिक उन्नतीको नाराको साथमा टण्डनको समूहले जित हात पारेको हो । करार कर्मचारीको स्थायित्व प्रक्रिया र सीटीईभीटीको सम्बन्धन वितरणमा हुने ब्यथिति न्यूनिकरण नयाँ कार्यसमितिको चुनौती रहेको नव निर्वाचित उपाध्यक्ष विनय देवकोटाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण