बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सीटीईभीटीको कर्मचारी संघको अध्यक्षमा टण्डन

बुधबार, ०२ भदौ २०७८, २२ : २३
बुधबार, ०२ भदौ २०७८

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को कर्मचारी संघको केन्द्रिय अध्यक्षमा दिपक टण्डन निर्वाचित भएका छन् । परिषद्को केन्द्रिय कार्यालयमा साउन २९ र ३० मा भएको निर्वाचनमा टण्डनको समूहले जित हासिल गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा यदुप्रसाद पुडासैनी, उपाध्यक्षहरूमा विनय देवकोटा, सञ्जयकुमार यादव, पिङ्गला पाण्डे, अर्जुन काफ्ले, ध्रुवराज न्यौपाने, महासचिवमा कृष्णबहादुर खड्का र उप–महासचिवमा प्रमोद पौड्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा शिवराम श्रेष्ठ, सदस्यहरूमा भरत सापकोटा, साइमन जवेगु (लिम्बु) र हर्कबहादुर चौधरी लगायत निर्वाचित भएका छन् ।

करार कर्मचारीको समस्या, स्थायी कर्मचारीहरुको व्यवस्थीकरण र संस्थाको शैक्षिक उन्नतीको नाराको साथमा टण्डनको समूहले जित हात पारेको हो । करार कर्मचारीको स्थायित्व प्रक्रिया र सीटीईभीटीको सम्बन्धन वितरणमा हुने ब्यथिति न्यूनिकरण नयाँ कार्यसमितिको चुनौती रहेको नव निर्वाचित उपाध्यक्ष विनय देवकोटाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप