मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

बिहीबार, ०३ भदौ २०७८, ०६ : ३७
बिहीबार, ०३ भदौ २०७८

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता  डा.  कृष्णप्रसाद  पौडेलले  पछिल्लो  समय  नेपालमा  सक्रिय  सङ्क्रमितको  सङ्ख्या  ४०  हजार  ३३८  पुगेको  बताए । 

यसअघि मन्त्रालयले सक्रिय कोरोना  सङ्क्रमितको  सङ्ख्या  २५  हजार  नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता  पौडेलका  अनुसार  पछिल्लो  चौबीस  घण्टामा  देशभर  थप  तीन  हजार  ४०३  जना  कोरोना  सङ्क्रमित  थपिएका  छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ । 

नेपालमा मृतकको सङ्ख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  १०  हजार ३९६ पुगेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप