प्रधानमन्त्री भेट्न प्रचण्ड र माधव नेपाल बालुवाटारमा
बिहीबार, ०३ भदौ २०७८, ११ : १६
प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।
तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गरेको बुझिएको छ । बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशबारे छलफल गरेको बुझिएको छ । यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने