बजेटको समस्याले रोकियो विक्की र साराको ‘द इमोर्टल अश्वत्थामा’
बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान पछिल्लो कयौँ दिनदेखि नयाँ चलचित्र ‘द इमोर्टल अश्वत्थामा’ लाई लिएर चर्चामा छन् । ‘ऊरी’ चलचित्रका निर्देशक आदित्य धरको निर्देशनमा बन्न लागेको यो चलचित्र महाभारतका चरित्र अश्वत्थामामा आधारमा बनाउने तयारी गरिएको थियो । चलचित्रको सुटिङ यही महिनाबाट सुरु हुने भनिएको थियो । तर, अहिले निर्माताहरुले चलचित्रलाई रोक्ने फैसला गरेका छन् । यसपछाडि बजेटको अभाव मुख्य कारण रहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको बजेटमा समस्या आएपछि निर्माणलाई पछि धकेलिएको हो । यसअघि पनि विभिन्न कारणले चलचित्रको मिति सर्दै आएको थियो । द इमोर्टल अश्वत्थामा पछिल्लो समय बनिरहेको बलिउडको सबैभन्दा महँगो चलचित्रहरू मध्ये एक थियो । यस चलचित्रमा बलिउडका दिग्गज कलाकारहरूलाई समावेश गर्ने तयारी भइरहेको थियो । चलचित्रको एक मुख्य भूमिकामा अनुबन्ध गर्न निर्देशक धारले सुनिल शेट्टीसँगको कुराकानी अन्तिम चरणमा पुर्याएका थिए ।
यो चलचित्रलाई भारत, आइसल्यान्ड र यूएईमा सुटिङ गर्ने तयारी गरिएको थियो । निर्माताहरुले अगस्तमा चलचित्रको सुरुवात गर्न चाहेका थिए तर कोभिड–१९ को दोस्रो लहरका कारण यो स्थगित भएको थियो । त्यसपछि सेप्टेम्बरमा चलचित्र सुरुवात गर्ने बताइएको थियो । तर, अहिले सो समयमा पनि चलचित्र सुरु नहुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण