अफगानी भएकोमा ट्रोल भएकी थिइन् सलमानकी यी नायिका, फिल्ममा दिँदैनथे काम
सन् २०१८ मा फिल्म लवयात्रिबाट बलिउडमा प्रवेश गरेकी नायिका वरिना हुसैनको फिल्मी करियर खासै राम्रो चल्न सकेन । आफ्ना ज्वाईं आयुष शर्मासँग सलमान खानले वरिनालाई लञ्च गरेका थिए । तर वरिनाका लागि बलिउड फिल्ममा काम गर्नु असाध्यै मुश्किल भएको थियो ।
वरिनालाई उनी अफगानी हुनुको मूल्य सधैं चुकाउनु पर्दथ्यो । वरिना अफगानी भएका कारण निर्माता उनलाई फिल्ममा काम दिन हिच्किचाउँथे । वरिनालाई ट्रोल गरिन्थ्यो । मानिसहरुले उनलाई सधैं ‘उनी आतंककारीको देशबाट आएको’ भनेर जिस्काउने गर्दथे ।
२३ फेब्रुअरी सन् १९९९ मा अफगानिस्तानको काबुलमा जन्मिएकी वरिना हुसैन एक नायिका र मोडल हुन् । वरिनाका पिता इराकका हुन् र आमा अफगानिस्तानी । वरिना अफगानी भएका कारण बलिउडमा ठूलो ब्रेक पाउन पनि ढिलाई भयो ।
वरिनाले आफ्नो फिल्म लवयात्रिको रिलिज अघिको अन्तरवार्तामा आफ्नो संघर्षबारे बताएकी थिइन् । वरिनाका अनुसार भारत आएपछि जब उनले फिल्ममा ट्राइ गर्न सुरु गरिन् तब उनलाई मानिसहरुले ट्रोल गर्न सुरु गरे ।
वरिना भन्छिन्, ‘अफगानिस्तानमा मेरो नाता भएका कारण मलाई ट्रोल गरिन्थ्यो । किनभने म मूल रुपमा अफगानी हुँ र काबुललाई म आफ्नो घर मान्छु । त्यसैले म करियरको सुरुवाती दिनमा मानिसहरुको निशानामा रहेँ ।’
वरिना थप्छिन्, ‘मानिसहरुले म आतंककारीको र बिस्फोटको देशबाट आएको हुँ भन्थे । यसैकारण म असाध्यै तनावमा हुन्थेँ । म अफगानिस्तानमा केही समयका लागि बसेकी थिएँ । मलाई त्यतिबेला मेरी आमा र हजुरआमाले पुरानो समयको अफगानिस्तानको किस्सा सुनाउँथे ।’
वरिनाका अनुसार अफगानिस्तानमा हिन्दी फिल्मलाई असाध्यै रुचाइन्छ । वरिना हुसैनलाई सलमान खान अति नै मनपर्छ । वरिना अफगानिस्तानका केही म्युजिक भिडियोमा पनि देखिएकी छिन् ।
वरिनाले न्यूयोर्क फिल्म एकेडेमीबाट पढाई गरेकी छिन् । म्युजिक भिडियोमार्फत् वरिनाले आफ्नो अभिनय यात्रा सुरु गरिन् । उनी मोडलिङ इन्डष्ट्रिको पनि हिस्सा रहिन् । उनी थुप्रै विज्ञापनमा पनि देखिएकी छिन् ।
पहिलो फिल्म लवयात्रि फ्लप भएपछि उनी दबंग थ्रीको डान्स नम्बर मुन्ना बदनाम हुआमा देखिइन् । वरिनाको आउँदा फिल्म द इनकम्प्लीट म्यान हो । खबर यो पनि छ कि वरिना साउथ फिल्ममा पनि देखिनेछिन् । उनी कल्याण राम सँग काम गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण