३१ दिनमा सकियो ‘आँधी तुफान–२’
फिल्म ‘आँधी तुफान-२’को छायाँकन सकिएको छ । ३१ दिनको छायाँकन पछि फिलम सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिए ।
काठमाडौं र धुलिखेलका बिभिन्न स्थानमा छायाँकन भएको फिल्म मदन घिमिरेले निर्देशन गरेका हुन् । फिल्मको एउटा गीत भने छायाँकन बाँकी रहेको छ । गीत खिच्नै पर्छ भन्ने चाहिँ नभएको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।
चक्र घर्ती मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स बिषयमा निर्माण भएको फिल्ममा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको छ ।
०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो फिल्म तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण