ब्रेकअपपछि आफूलाई कसरी सम्हाल्ने ? अर्जुन कपुरले दिए यस्तो टिप्स
बलिउड नायक अर्जुन कपुरले इन्डिया टडे ई–माइन्ड रक्स २०२१ मा भाग लिए । सेसन फिक्चर पर्फेक्ट : अन कम्प्लिटिङ अ डिकेड इन फिल्म्स एण्ड बडी पोजेटिभिटीमा अर्जुन कपुरले बडी शेमिङ र बडी पोजेटिभिटीको विषयमा कुराकानी गरे । अर्जुनसँग र्यापिड फायर राउन्डका बेला ब्रेकअपबाट निस्कनका लागि टिप्स सोधियो । यसको नायकले रोचक जवाफ पनि दिएका छन् ।
ब्रेकअपको पीडा बिर्सनका लागि अर्जुन कपुरले दिए टिप्सः
अर्जुन कपुरले ब्रेकअपबाट बाहिर निस्कनका लागि भने, ‘मेरो विचारमा तपाईंले त्यो प्रक्रियाबाट गुज्रनुपर्छ । यसको कुनै सिक्रेट छैन । यसका साथै आफूलाई काममा व्यस्त राख्नुहोस् । काम गरिरहनुहोस्, यो नै सबैभन्दा ठूलो थेरेपी हुनसक्छ । मैले यो याद गरेको छु । लुक्न आवश्यक छैन । आफूलाई राम्रो महसुस गराउने कोसिस गर्नुहोस् । ’
अर्जुन कपुर यो पनि मान्छन् कि ब्रेकअपबाट बाहिर निस्कनका लागि कुनै फर्मूला छैन । उनी भन्छन्, ‘यदि तपाईं कसैलाई प्रेम गर्नुहन्छ भने तपाईंलाई सम्बन्ध टुट्दा पीडा पनि हुनेछ । तपाईंले यसलाई महसुुस गर्नुपर्छ । सेन्टिमेन्टल गीत सुन्नुहोस्, आइसक्रिम खानुहोस् र भोलिपल्ट वर्कआउटमा जानुहोस् ।’
कसरी गर्ने बडी शेमिङसँग डील ?
अर्जुन कपुरले उनले बडी शेमिङसँग कसरी डील गरेका थिए भन्ने जानकारी दिए । अर्जुनले बताए अनुसार मानिसहरु फिट हुनुका अर्थ पातलो हुनु ठान्छन् । उनी भन्छन्, ‘भारतमा मानिसहरुलाई रङ, आकार र छालासँग समस्या हुन्छ । मेरो शरीर ठूलो छ । म यसलाई सकारात्मक रुपमा लिन्छु । म अनफिट छैन । मानिसहरुलाई भन्नुपर्छ कि तपाईं जस्तो हुनुहुन्छ ठिक हुनुहुन्छ । मानिसहरुलाई जागरुक बनाउनुपर्छ । पातलो हुनु फिट हुनु होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण