बेलायतमा एकैदिन ३७ हजार बढी संक्रमित
बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता पुनः उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख १९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६४ लाख २९ हजार १४७ पुगेको छ ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ११४ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ६८८ जना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार ४८७ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ५४ हजार ८११ रहेको छ ।
गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ८५८ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ४४१ छ । यस्तै ९२८ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ८८ लाख ४८ हजार ६३३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७५ लाख १६ हजार ५०५ जना अर्थात ८७.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड १३ लाख ३२ हजार १२८ जना अर्थात ८७.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण