बसयात्राकै क्रममा मृत्यु भएकी महिलाको शव आफन्तले बुझे
रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाकी एक महिलाको उपचारको लागि नेपालगञ्ज आउँदै गर्दा बसमै मृत्यु भएको छ । रुकुम –पश्चिमको ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्मकुमारी बटालाको बसमै मृत्यु भएको हो । बिहीबार साँझ ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उपचारका लागि नेपालगञ्ज आउँदै गरेकी बटालाको बीच बाटोमै मृत्यु भएपछि उनीसँगै रहेका बच्चालाई अन्य यात्रुले सम्हालेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको शव अहिले आफन्तहरुले अन्तिम संस्कारको लागि लगेका छन् ।
३२ महिनाको बच्चासहित राडी भन्ने स्थानबाट नाइट बस चढेर नेपालगञ्जमा उपचारका लागि आउँदै गर्दा उनको मृत्यु भएपछि उनीसँगै रहेको बच्चाको तस्विर बसका अन्य यात्रुहरुले सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो । प्रहरीले भने उक्त घटना सामाजिक सञ्जालमा आइसकेपछि थाहा पाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले रातोपाटीसँग भने– ‘कहालीलाग्दो घटना रहेछ, फेसबुकमा भाइरल भइसेको रहेछ, हामीलाई पछि थाहा भयो । अहिले माइती र घर दुवै पक्षका मान्छे आएर शव अस्पतालबाट लगेको छन् ।’ धर्मकुमारीलाई प्रेसर हाइ र लो हुने समस्या रहेको श्रीमान दलबहादुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण