सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

शत्रुघ्न सिन्हाको ट्वीटर अकाउन्टको नाम एलन मस्क : भनियो, ‘कस्तो बकवास हो यो ?’

आइतबार, ०६ भदौ २०७८, १६ : १८
आइतबार, ०६ भदौ २०७८

बलिउडका अभिनेता शत्रुघ्न सिन्हाको ट्वीटर अकाउन्ट शनिबार बेलुका ह्याक भएको छ । ह्याकरले अकाउन्ट ह्याक गरेपछि ह्याकरले यसलाई शत्रुघ्नको सट्टा स्पेस एक्सका संस्थापक एलन मस्कको नाम दिएका छन् । प्रोफाइल फोटोमा पनि ह्याकरले फेरिदिएका थिए तर सिन्हालाई यसबारे थुप्रै घण्टासम्म थाहा नै थिएन । 

शत्रुघ्न सिन्हाको अकाउन्ट ह्याक गर्नेले प्रोफाइलको नाम र डीपी त फेरिदिएका थिए । यद्यपि, यसको पासवर्ड फेरिएको थिएन । यस्तोमा अभिनेताले पनि यो अकाउन्ट प्रयोग गरिरहो थिए तर जब अभिनेताले ट्वीट गरे तब सबैको नजर उनको फेरिएको प्रोफाइल नाम र डीपीमा पर्यो । 

ट्वीटमा शशी थरुरसँग कुराकानी गरेको जानकारी दिँदै लेखिएको थियो, ‘दुई चर्चित, इज्जतदार, अपनाउने, योग्य राजनेताबीच उत्कृष्ट कुराकानी । बौद्धिक र उत्कष्ण शशी थरुर र हिम्मतवाली टिएमसी नेतृ महुआ मोइत्रा ।’

शत्रुघ्नको ट्वीट सार्वजनिक भएपछि कसैको नजर उनको युजर नेम र डीपीमा परेको थियो, यस्तोमा लगातार अभिनेताले ट्रोल गर्न थालेका थिए ।

यद्यपि, अब उनको डीपी र नाम फेरिइसकेको छ । 

हालै, कंगनाले चीनका एक ह्याकरद्वारा उनको इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने कोसिस गरेको पनि बताएकी थिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप