फूलको फोटो सेयर गर्दा पनि ट्रोलर्सले हस्तमैथुनको कुरा गर्छन् : स्वरा भास्कर
स्वरा भास्करले धेरैजसो ट्रोलको सामना गर्नुपर्छ । स्वरा आफ्नो बोलीका लागि परिचित छिन् र यसका कारण उनको पोस्टमा सोसल मिडिया प्रयोगकर्ताले भद्दा कमेन्ट गर्ने गर्छन् । अब एक ट्वीटर च्याटका बेला स्वरा भास्करले उनको कुनै पनि पोस्टलाई फिल्म विरे दी वेडिङको उनको हस्तमैथुनको दृष्यसँग जोडिदिने बताएकी छिन् ।
स्वराले ट्रोलबारे कुरा गरिन्ः
स्वराले आफ्नो ट्वीटरमा भएको कुराकानीको विषयमा इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । उक्त पोस्टमा उनले लेखेकी छिन्, ‘सोसल मिडिया एउटा भर्चुअल पब्लिक स्पेस हो जस्तै बाटोघाटो र रेष्टुरेन्ट । तर मानिसहरुमाझ जुन सभ्य व्यवहार हामीले देखाउनुपर्छ त्यो अनलाइनमा देखाउन सक्दैनौं । विरे दी वेडिङको रिलिज पछि म एउटा फूलको फोटो पनि सेयर गर्न सक्दिनँ । यसलाई मानिसहरुले हस्तमैथुनको दृश्य वा औंलासँग जोडिइहाल्छन् । ’
उनले थपिन्, ‘यो भद्दा छ र साइबर सेक्सुअल हरासमेन्टमा आउँछ तर म अनलाइन बुलिङसँग नडराउने र आफ्नो अनलाइन उपस्थितिमा विश्वास राख्छु । हामी भर्चुअल पब्लिक स्पेसलाई घुणा र बुलिङले भरिपूर्ण राख्न सक्दैनौं । ’ यो पोस्टको क्याप्सनमा स्वराले लेखिन्, ‘आफ्नो वास्तविकता भन्नुहोस् । डटिरहनुहोस् ।’
यो फिल्ममा देखिनेछिन्ः
१ जूनमा स्वरा भास्करको फिल्म विरे दी वेडिङले तीन वर्ष पूरा गरेको थियो । यो मौकामा उनले एउटा पोस्ट सेयर गर्दै ट्रोलर्सलाई भनेकी थिइन्, ‘फिल्ममा मेरो हस्तमैथुनको दृश्यले ट्रोलर्सलाई रोजगार दिएको छ । ’
स्वरालाई छिट्टै फिल्म शीर कोरमा देख्न पाइनेछ । यो फिल्ममा उनकी हिरोइन दिव्या दत्ता हुनेछिन् । यो समलिङ्गी जोडीको प्रेमकथामा बनेको फिल्म हो जसलाई थुप्रै फिल्म फेस्टिबलमा देखाइसकिएको छ । यो भारतमा रिलिज हुन बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण