प्रहरीद्वारा ९ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म ९ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
यस्तै प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५६० जनालाई रु ४६ हजार जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार ७८४ जनालाई रोकेर सम्झाइ बुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र
-
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?
-
तपाईलाई सुगर भएको त होइन ?