‘टाइगर ३’ मा यस्तो छ सलमानको लुक्स
सोमबार, ०७ भदौ २०७८, १२ : ३१
अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म ‘टाइगर ३’ को सुटिङका लागि उनी शुक्रबार त्यहाँ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ सेटबाट फिल्मका केही तस्बिर अहिले बाहिर आएको छ । जसमा सलमान सुनौलो रंगको दाह्री, जुँगा र कपालमा विदेशी नागरिक झै देखिएका छन् । उनको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ ।
सलमान अघिल्लो दुई सिक्वेल झै यो फिल्ममा पनि ‘र’ एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्ममा कट्रिनाको समेत दमदार भूमिका रहेको छ । फिल्ममा इमरान हाशमी नेगेटिभ भूमिका भएपनि राम्रो भूमिकामा देखिँदैछन् । इमरान भित्रिने दृश्य आकर्षक बनाउनका लागि निर्माण युनिटले दश करोड खर्च गरेको छ । यो सबैभन्दा महंगो एक्सन फिल्म हुन सक्ने बताइन्छ । फिल्मका निर्देशक मनिष शर्मा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण