माधव नेपालले नयाँ पार्टी खोल्न हतार गर्नुभो : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताएका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेको बताएका हुन् । ‘आज माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ । उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो’ नेता भट्टराईको भनाइ छ ।
यसअघि माधव नेपालसहित बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठक बसेर निर्णय गर्न भनिएपनि नेता नेपालले त्यसो नगरेको भट्टराईको भनाई थियो । ‘उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो । अब उहाँ पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ’ भटराईले सञ्चारकर्मीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण