बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रियलको ‘एम्बाप्पे सपना’ पूरा हुँदै ?

मङ्गलबार, ०८ भदौ २०७८, ०६ : ३५
मङ्गलबार, ०८ भदौ २०७८

किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् ।

यसबाट रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज खुसी देखिएका छन् । एम्बाप्पेका लागि उनले अख्तियार गरेको 'लामो खेल' सफल भएको उनको बुझाइ छ र अब एम्बाप्पेलाई अनुबन्ध गर्ने रियलले तयारी सुरु गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

फ्रेन्च खेलाडीको करार आगामी सिजन सकिँदैछ । यो सिजन लियोनेल मेस्सी र नेयमारसँग खेलाउन चाहे अर्को १२ महिनामा क्लबले उनलाई सित्तैमा गुमाउन सक्छ । उता फ्रेन्च मिडिया आरएमसीले पनि पीएसजीले एम्बाप्पेलाई बिक्री गर्ने तयारी गरेको उल्लेख गरेको छ । सोही पत्रिकाले सोमबार एम्बाप्पेले पीएसजीको पछिल्लो अफर अस्वीकार गरेको समाचार प्रकाशित गरेको थियो । अब एम्बाप्पेलाई बिक्री गरेर उनको स्थानमा नेयमारको सुझावअनुसार ब्राजिलका रिचार्लिसनलाई अनुबन्ध गर्ने तयारी पीएसजीले गरेको छ ।

आरएमसीका अनुसार पीएसजीले हालसम्म रियलबाट कुनै अफर भने प्राप्त गरेको छैन । प्रिमियर लिगबाट भने उसलाई एउटा अफर आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप