'नेपा: पासा पुचः अमेरीकाय'को अध्यक्षमा राजु जोशी
डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई जगेर्ना गर्ने उदेश्ले स्थापित नेपा पासा पुचः अमेरीकायको २६ औ बार्षिक उत्सव बाट अध्यक्ष पदमा राजु जोशी निर्वाचित भएका छन् ।
सन् २०१९ सम्मका लागि जोशी अध्यक्ष तथा अन्य पदमा सबै उम्मेदवार सर्बसम्मतीमा निर्वाचित भएका छन् ।
संस्थाका पूर्व अध्यक्ष लक्ष्मण प्रधान प्रमुख निर्वाचन आयुक्त थिए ।
उनले निर्बिरोध बिजयी भएको घोषणा गरे ।
अध्यक्षमा निर्वाचित भए पछि जोशीले आफ्नो समितिले अन्य संस्थासँग मिलेर उल्लेखनीय काम गर्ने बताउँदै नेवा संस्कृति र भाषालाई जगेर्ना गर्नु पनि आफ्नो मुख्य कार्यसूची रहेको प्रतिक्रिया दिए ।
नयाँ कार्यकारी समितिमा सभापतीमा राजु जोशी निर्वाचित भएका छन् भने उपसभापतीहरुमा मनोहर श्रेष्ठ तथा बुद्ध महर्जन निर्वाचित भएका छन् ।
महासचिवमा कृतिश्मा श्रेष्ठ तथा कोषाध्यक्षमा एलन महर्जन् निर्वाचित भएका छन् । सदस्यहरुमा शान्ती श्रेष्ठ, मगन श्रेष्ठ, सरिता डङ्गोल, राजु तमोट, सुमन तुलाधर, सराना श्रेष्ठ, सूचना प्रबिधि (आई टि) प्रबन्धक अनघ श्रेष्ठ तथा चित्रात्मक चित्रकार (ग्राफिक डिजाइनर)मा निलेस महर्जन निर्वाचित भए ।
अधिकांश पदाधिकारी समिति भित्रबाट नै निर्वाचित भएका छन् भने केहि अनुहारहरु नयाँ निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा