कर्णालीमा एमाले बैठक स्थगित
मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ ।
एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले अर्को सूचना नभएसम्मको लागि सम्पूर्ण गतिविधि स्थगन गरिएको जानकारी दिए । उनले भने, ‘हामीले मंगलबारको बैठकबाट आगामी बिहीबार केन्द्रीय कमिटी बैठक र १६ गतेदेखि जिल्ला कार्यकर्ता भेला तथा संगठनका भेला गर्ने लगायतका निर्णय गरिएको थियो । प्रदेश कमिटीको गत भदौ ३ गते सम्पन्न एमाले विभाजन पछिको पहिलो बैठकले गरेको निर्णय अुनसार १० जिल्लामै विभिन्न मितिमा जिल्ला कमिटीका बैठकहरू गर्ने भनिएको थियो । तर, मंगलबार केन्द्रमा पार्टी ०२ जेठमा फर्किएसँगै स्थगित गर्नुपरेको हो ।’
नेकपा एमाले विभाजन भएपछि कर्णालीमा नेकपा एमाले र नेकपा समाजवादी पार्टीले आ–आफ्नो पक्षमा नेता,कार्यकर्तालाई लिनका लागि भेला तथा कार्यक्रमहरु गर्न थालिसकेका छन् । यद्यपि, मंगलबार एमालेको तेस्रो धारको नेतृत्व गरिरहेका भीम रावल सहितका नेताहरु १० बुँदे सहमती भएसँगै एमालेको बैठकमा सहभागी भएका छन् ।
यो सँगै पुन समाजवादी दलका नेताहरु तरङ्गित बनेका छन्। कर्णालीका नेकपा समाजवादी दलले पनि सुर्खेत, दैलेख लगायतका जिल्लाहरुमा जिल्ला स्तरिय कमिटीहरु निर्माण गरेर सांगठनीक रुपमा पार्टीका गतिविधिहरु सञ्चालन गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण