कर्णालीमा मिनी ट्रकले ठक्कर दिँदा १ जनाको मृत्यु
कर्णाली राजमार्गमा मिनी ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठबीस नगरपालिका–२ का ८ वर्षीया योगेन्द्र खनाल रहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।
सुर्खेतबाट अछाम जाँदै गरेको भे १ ख ३४३८ नम्बरको मिनी ट्रकले कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको पालेतडा बजार नजिकै बुधबार बेलुकी ठक्कर दिएको थियो । प्रहरीले सवारी चालक आठबीस नगरपालिका–३ का बर्ष २६ को साजन शाही र मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै बुधबार बेलुकी चार बजेतिर नेपालगञ्जदेखि जाजरकोट जाँदै गरेको भे १ ज १०४२ को फोर्स गाडी सुर्खेतको सिम्ता गाउँपालिकाको कालीखोलामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गाडीमा सवार ६ जना मध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय वादेपीपल राकमका इञ्चार्ज तथा प्रहरी निरीक्षक नन्दराम जोशीले जानकारी दिए ।
घाइते हुनेमा रुकुम पश्चिम चौहरजारी–७ का वर्ष १७ का आशिष शर्मा, अविनाश राना, जाजरकोट भेरी नगरपालिका–२ का सम्झना शाह, दिनेश केसी, भेरी नगरपालिका–१२ डिबहादुर गन्धर्व, छेडागाड नगरपालिका वर्ष ५१ का गोरख बुढा, चालक सुजन परियार घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण