आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अनैतिक सम्बन्ध लुकाउन भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या

सोमबार, १३ कात्तिक २०७४, १० : ३५
सोमबार, १३ कात्तिक २०७४

सिरहा । अनैतिकसम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । 

सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 

उनलाई पक्राउ गरेर सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए । 

काकाको छोरा तथा भाई भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए । 

पक्राउ परेकामध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

यस्तो थियो घटना

यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानिय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो ।

भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले हत्या गरेका थिए । 
आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले  आइतवार पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा ईप्रका मिर्चैयाका प्रहरी नायब उपरिक्षक ९डिएसपी० गजुसिद्धि बज्राचार्यले भने ‘प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भबेशले देखेको र उक्त सम्बन्ध घरपरिबार र आफन्तलाई भनिदिने बताएका थिए’ त्यसैले आफ्नो अनैतिक सम्बन्ध लुकाउने उदेश्यले दुवैजना मिलेर भबेशलाई हत्या गरेको हो’ उनले भने,

‘भैसी चराउन गएको बेला प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भवेशले घटना हुनु भन्दा २ दिन अगाडी देखेएका थिए ।’

भबेशलाई यो कुरा कसैलाई नभन्न भनेपनि नमानेकोले आफुहरुले हत्या गरेको उनीहरुले स्विकार गरिसकेको डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।

कार्तिक ३ गते मोबाइल भेटेको भन्दै भवेशलाई ललाईफकाई कर्जन्हा नगरपालिका २ मा रहेको नर्सरीको बनमारा घारीमा लगेर प्रियंका र संजयले खुकुरी प्रहार गरेर हत्या गरि फालेका थिए । हत्या गर्ने क्रममा प्रियंकाले आफ्नो सलले भवेशको आखाँ बन्द गरि खुकुरी प्रहार गरेको प्रहरीलाई बताएको छ ।

अपराधिलाई केन्द्रिय अनुसन्धान ब्युरो काठमाडौ, प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाका संयुक्त प्रयासमा पक्राउ गर्न सफल भएको डिएसपी बज्राचार्यले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप