काँग्रेसको अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने तयारी
नेपाली काँग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो ।
पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यताको अन्तिम सूची र जिल्ला निर्वाचन अधिकृत खटाइने जानकारी दिए। विवाद समाधान गर्न बाँकी रहेका केही जिल्लामा क्रियाशील सदस्यता सूची
र जिल्ला निर्वाचन अधिकृत खटाउन थप एकरदुई दिन समय लाग्न सक्ने जनाएको छ ।
बिहीबारसम्म पार्टीले निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची हस्तान्तरण गर्नेछ । पार्टी सभापतिले क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएपछि महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।
सबै जिल्लाका पठाइने जिल्ला निर्वाचन अधिकृतको सूची तयारी अवस्थामा रहेको जनाइएको छ । पार्टी निकट रहेका शिक्षक, प्राध्यापक, कानुनविद् सम्बद्ध शुभेच्छुक संस्थाबाट जिल्ला निर्वाचन अधिकृत खटाउँदैछ । जिल्लामा पठाइने जिल्ला निर्वाचन अधिकृतलाई आफ्नो या वरपरको जिल्लामा समेत नपठाउने नीति निर्वाचन समितिले बनाएको छ । आफ्नो या नजिकको जिल्लामा जाँदा पार्टीको निर्वाचनलाई प्रभावित हुन सक्ने पक्षलाई विचार गरी यस खालको नीति बनाइएको जानकारी निर्वाचन समितिका संयोजक यादवले दिए ।
जिल्लाका वडा, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा भने जिल्लाभित्रकै शुभेच्छुक संस्थाका व्यक्तिहरूलाई नै मतदान अधिकृत बनाइनेछ । उनले जिल्ला निर्वाचन अधिकृत सम्बद्ध जिल्लामा गइसकेपछि स्थानीय तहमा रहेका पार्टीको संरचनाको अधिवेशनका लागि मतदात अधिकृत खटाइने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण