शल्यक्रियापछि अभिषेक बच्चनले भने, ‘‘मर्द’लाई ‘दर्द’ हुन्छ’
बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्मको सेटमा चोट लागेको छ । उनको हात भाँच्चिएको छ जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ । अभिषेक बच्चनले इन्स्टामा आफ्नो फोटो सेयर गरेर चोट लागेको जानकारी दिएका छन् ।
अभिषेक बच्चनको दायाँ हात भाँच्चियो, भयो शल्यक्रियाः
अभिनेताले लेखे, ‘अघिल्लो बुधबार चेन्नईमा नयाँ फिल्मको सुटिङका बेला सेटमा दुर्घटना भयो । मेरो दायाँ हात भाँच्चियो । यसका लागि शल्यक्रिया गर्नुपर्यो । यसैकारण मुम्बईस्थित आफ्नो घरमा छोटो यात्रा गरेँ । शल्यक्रिया भयो । अब पुनः चेन्नईमा काममा फिर्ता हुँदैछु । भन्छन् नि... शो चलिरहनुपर्छ । मेरा पिताले भन्नुहुन्छ नि ‘मर्द’ लाई ‘दर्द’ हुँदैन । ओके ओक थोरै ‘दर्द’ हुन्छ । तपाईंहरु सबैको प्रार्थना र मेरो शीघ्र स्वास्थ्य लाभका लागि गर्नुभएको मेसेजका लागि धन्यवाद ।’
अभिषेकले जुन फोटो सेयर गरेका छन्, त्यसमा उनको हातमा प्लास्टर राखिएको देखिएको छ । अभिषेकको यो पोस्टमा बलिउड सेलिब्रिटीसमेत थुप्रै प्रशंसकले मेसेज गरेका छन् ।
अभिषेक बच्चन थुप्रै प्रोजेक्टमा देखिनेछन् । उनी बब विश्वासमा देखिनेछन् जसलाई शाहरुख खानको प्रोडक्सन ब्यानर रेड चिलिज इन्टरटेन्मेन्टद्वारा निर्माण गरिँदै छ । यो फिल्म सन् २०१२ को थ्रिलर फिल्म कहानीको स्पिन अफ हो । अभिषेक बच्चन देवसी मूवीमा पनि काम गरिरहेका छन् । यो एउटा सोसल कमेडी मुभी हो । यसलाई रितेश शाहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण