ह्यारी केनले भने- ‘यो सिजन टोट्टेनह्याममै बस्छु’
इङल्यान्डका कप्तान ह्यारी केनले यस सिजन टोट्टेनह्याममै बस्ने बताएका छन् । उनले क्लबलाई सफलता जिताउनका लागि शतप्रतिशत ध्यान केन्द्रीत गर्ने बताए । म्यानचेस्टर सिटीले केनलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर, टोट्टेनह्यामका अध्यक्ष डेनियल लेभी आफ्ना २८ वर्षका स्ट्राइकरलाई बेच्न तयार भएनन् । आइतबार केनले यस सिजनको पहिलो खेल खेलिसकेका छन्, उनी उल्भ्सविरुद्धको टोट्टेनह्यामले १–० को जीत निकाल्दा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरे ।
टोट्टेनह्यामका प्रशिक्षक नुनो इस्पिरितो सान्तोले केनको विषय टुंगो लाग्नु निकै गज्जबको समाचार रहेको बताए । ‘ह्यारी केनले निकै मेहिनत गर्नछन् । उनी निकै उत्कृष्ट छन् । उनको स्थानान्तरणको विषय टुंगिएको छ र उनी हामीसँग रहनेछन्’ सन्तोले भने ।
टोट्टेनह्यामले युरोपा कन्फ्रेन्स लिग प्लेअफअन्तर्गत बिहीबार दोस्रो लेगमा पाकोस डि फेरिइराको सामना गर्दैछ । पहिलो लेगमा टोट्टेनह्याम १–० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण