शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्यारी केनले भने- ‘यो सिजन टोट्टेनह्याममै बस्छु’

बिहीबार, १० भदौ २०७८, १२ : २२
बिहीबार, १० भदौ २०७८

इङल्यान्डका कप्तान ह्यारी केनले यस सिजन टोट्टेनह्याममै बस्ने बताएका छन् । उनले क्लबलाई सफलता जिताउनका लागि शतप्रतिशत ध्यान केन्द्रीत गर्ने बताए ।  म्यानचेस्टर सिटीले केनलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर, टोट्टेनह्यामका अध्यक्ष डेनियल लेभी आफ्ना २८ वर्षका स्ट्राइकरलाई बेच्न तयार भएनन् । आइतबार केनले यस सिजनको पहिलो खेल खेलिसकेका छन्, उनी उल्भ्सविरुद्धको टोट्टेनह्यामले १–० को जीत निकाल्दा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरे । 

टोट्टेनह्यामका प्रशिक्षक नुनो इस्पिरितो सान्तोले केनको विषय टुंगो लाग्नु निकै गज्जबको समाचार रहेको बताए । ‘ह्यारी केनले निकै मेहिनत गर्नछन् । उनी निकै उत्कृष्ट छन् । उनको स्थानान्तरणको विषय टुंगिएको छ र उनी हामीसँग रहनेछन्’ सन्तोले भने । 

टोट्टेनह्यामले युरोपा कन्फ्रेन्स लिग प्लेअफअन्तर्गत बिहीबार दोस्रो लेगमा पाकोस डि फेरिइराको सामना गर्दैछ । पहिलो लेगमा टोट्टेनह्याम १–० ले पराजित भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप