नेप्सेमा दोहोरो अंकको सुधार, आज फेरि हाइड्रो र विकास बैंक चम्किए
केही दिनयताको तीब्र गिरावटलाई तोड्दै बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचकमा १७.६० अंकले बढेर ३ हजार ९४.०५ विन्दुमा उक्लिएको हो ।
जबकी गत मंगलबार र बुधबार दुई दिनमा नेप्से परिसूचक अधिकतम १०४.४५ अंकले घटेर ३ हजार ७६.४४ विन्दुमा झर्न पुगेको थियो । त्यसो त नेप्सेका अनुसार आज बिहीबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४० अंकले बढेर ५७१.३९ विन्दुमा पुगेको छ ।
यसदिन हाइड्रोपावर, डेभलपमेन्ट बैंक, फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहहरु चम्किँदा यता बैंक, ट्रेडिङ्ग, जीवन बीमा, निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।
यद्यपि, १७ अंकले बढेको बजारमा आज कारोबार रकम भने १३ अर्ब हारहारीमा मात्र भएको छ । नेप्सेका अनुसार यस दिन कुल २३२ कम्पनीका २ करोड १६ लाख कित्ता सेयर बजारमा १ लाख ३० हजार भन्दा बढी पटक किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण