महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोट पछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमितरुपमा आफ्नो काममा फर्कन भनेको छ । इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा हुनेछैन ।’
अफगानिस्तानमा तालिबानको पुनरागमनपछि महिलाहरू काममा फर्कन पाउने छन् या छैनन् भन्ने विषयमा अन्योल रहेको छ । काबुल प्रवेश गरेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले शरिया कानुनअनुसार महिलालाई अधिकार दिने स्पष्ट पारेका थिए ।
मुजाहिदले भनेका थिए, ‘हामी शरिया व्यवस्थाअन्तरगत महिलाको अधिकार तय गर्नका लागि प्रतिबद्ध छौँ । महिलाहरू हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौँ कि उनीहरूसँग कुनै भेदभाव गरिनेछैन ।’
अन्य तालिबान नेताहरूले पनि महिलाहरू काम गर्न दिने बारे बयान दिँदै आएका छन् । यद्यपि, अहिलेसम्म उनीहरूको स्पष्ट नीति बाहिर आएको छैन ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन