सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर धितोको रिसाइकल रोक्न सीमा : गभर्नर अधिकारी

शनिबार, १२ भदौ २०७८, ११ : २६
शनिबार, १२ भदौ २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् । गभर्नर अधिकारीले कार्यान्वयन गर्नलाई समस्या नपर्ने गरी आर्थिक पुनरुत्थानको लक्ष्यसहित मौद्रिक नीति ल्याएको बताए ।

‘गत वर्षको लकडाउन भन्दा यो वर्ष सहज अवस्था छ । गत वर्षको भन्दा यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन अहिले अवस्था धेरै सहज छ । यद्यपी केही क्षेत्र भने समस्यामा छन्’ गर्भनर अधिकारीले भने । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले थपे,  ‘मौद्रिक नीतिले सबै क्षेत्रलाई समान नजरले हेरेको छैन ।’

उनले चालु आवको मौद्रिक नीतिले १ करोड भन्दा सानो ऋणमा २ प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिए । पहुँच नभएका र साना ऋणीको  लागि १ करोड भन्दा सानो कर्जामा प्रिमियम तोकेको बताउँदै उनले यो कार्यान्वयन गर्न गाह्रो भएको बताए ।

गभर्नर अधिकारीले भने, ‘यो साना ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणी मध्ये ४७ हजार ऋणी एक करोडभन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेनिङ गर्ने क्षमता नै बढी हुन्छ ।’

अधिकारीले सेयर धितोको रिसाकल गरेर सिमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिमा तोकेको बताए । ४ करोडको सेयर बैंकमा राखेर २ करोड ८० लाख ऋण लिने पुन २ करोड ७० लाखको सेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको सेयरबाट पनि पुनः कर्जा लिने ‘रिसाकलको प्रवृत्ति’ ठीक छैन भनेर १२ करोडको सिमा राखेको उनको भनाई  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप