प्रतिगमनका नाइकेका कारण पार्टी एकता टिकेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ ।
शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको उल्लेख गरे । उनले पहिलोपटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा पनि गरे ।
‘संसद विघटन विरुद्ध उभिँदा सबैले जीवन मरणकै संघर्षका रुपमा लियौं । पटक पटक लाखौँ जनता सडकमा उतारियो । अरु दल पनि संविधान र लोकतन्त्रका विरुद्ध घात हो भनेर एकजुट हुनुभयो’ उनले भने । समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नुपर्नेमा जोड दिँदै उनले अहिले वातावरण पनि रहेको बताए । ‘समाजवादी आन्दोलनलाई अघि बढाउन अहिले वातावरण छ’ उनले वाइसीएललाई भने, ‘हाम्रो आशा तपाईँहरुमाथि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
-
पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै
-
महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने
-
कर्णालीको नीति तथा कार्यक्रम : नयाँ शैलीमा पुरानै विषय