...त्यो त केपीको ठगी धन्दा रहेछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । ओली एउटा भन्ने र अर्कै गर्ने नेता भएको प्रचण्डको भनाइ छ । शनिबार वाईसीएल नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले ठिक विपरित कार्य गरेको आरोप लगाए ।
केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे । भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’, उनले भने-‘ रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त ।’
पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि ठगी धन्दा मात्रै चलाएको पुष्टि भएको प्रचण्डले आरोप लगाए । ‘कतिपय साथीले एकता गर्नु नै बेकार रहेछ पनि भन्नुहुन्छ, तर एकता गर्नुपर्थ्यो’, प्रचण्डले भने, ‘विधान र राजनीतिक प्रतिवेदनमा अहिलेको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनलाई निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् । अध्यक्ष र प्रम पालोपालो बन्ने भन्नेमा सही गरेको छ । तर प्रम प्राप्त गर्नका लागि केपीको सबै ठगी धन्दा रहेछ ।’
गठबन्धनको बैठकमा केपीसँग एकता गरेर के पाउनुभयो भन्ने प्रश्न नेताहरुले गरेकोमा आफू नाजवाफ भएको उनले बताए । उनले भने, ‘केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान काँग्रेसलाई काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ ।’ उनले आफूहरु घ्यूभन्दा नरम रहेको तर अत्याचार भयो भने विद्रोह गर्ने पनि आफूहरु नै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण