काठमाडौँमा २ सहित विभिन्न स्थानबाट ७ जना मृत फेला
काठमाडौंसहित विभिन्न स्थानबाट ७ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडास्थित सञ्जय शाहको कवाडी कारखानामा काम गरी बस्ने बारा इनरुवा घर भएका ४७ वर्षीय शेशमुखी आलम मृत फेला परेका छन् । उनी सुतेको ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कीर्तिपुर नगरपालिका–१० स्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी सुभाने खोलाको बीचको ढुंगामा सोही ठाउँ बस्ने २८ वर्षीया अञ्जु सिङताङ शुक्रबार राति मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबास बस्ने ५८ वर्षीय खड्ग सिंह बिक सोही ठाउँस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तनहुँ, ब्यास नगरपालिका–३ दुर्गा मन्दिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता बर्दियाको बारबर्दिया नगरपालिका-९ खल्ला कतर्निया बस्ने ६० वर्षीय दल बहादुर बिक आफ्नै घर अगाडिको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(७ शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र सोही नगरपालिका बस्ने ४० वर्षीय चेतराम राना शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण