काठमाडौँमा २ सहित विभिन्न स्थानबाट ७ जना मृत फेला

काठमाडौंसहित विभिन्न स्थानबाट ७ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडास्थित सञ्जय शाहको कवाडी कारखानामा काम गरी बस्ने बारा इनरुवा घर भएका ४७ वर्षीय शेशमुखी आलम मृत फेला परेका छन् । उनी सुतेको ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कीर्तिपुर नगरपालिका–१० स्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी सुभाने खोलाको बीचको ढुंगामा सोही ठाउँ बस्ने २८ वर्षीया अञ्जु सिङताङ शुक्रबार राति मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबास बस्ने ५८ वर्षीय खड्ग सिंह बिक सोही ठाउँस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तनहुँ, ब्यास नगरपालिका–३ दुर्गा मन्दिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता बर्दियाको बारबर्दिया नगरपालिका-९ खल्ला कतर्निया बस्ने ६० वर्षीय दल बहादुर बिक आफ्नै घर अगाडिको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(७ शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र सोही नगरपालिका बस्ने ४० वर्षीय चेतराम राना शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने