अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् । सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।
यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर दिएकी छन् । दही चिउराको पाँचौं श्रृङ्खला भन्दै उनले साथीको साथले जीवन अर्थपूर्ण भएको बताएकी छन् ।
उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्–‘केही यस्ता सम्बन्धहरु हुन्छन्, जसले जीवनलाई अर्थपूर्ण बनाउँछ । मेरो जीवनका ती सम्बन्ध भनेका मेरा साथी हुन् । मेरो जीवनका विभिन्न चरणमा बनेका साथीले मेरो गर्भावस्था बिशेष बनाइदिए ।’
उनी अगाडि थप्छिन्, ‘उनीहरु मलाइ मेरो सुख तथा दुःखमा साथ रहने अनुभव गराएका छन् । उनीहरुलाई मित्रको रुपमा पाएकोमा म अत्यन्त कृतज्ञ महसुस गर्छु र आगामी दिनमा पनि तिमीहरूको महत्व मनमा राख्छु ।’
ऋचाले गतवर्ष दीपेक्ष राणासँग प्रेम विवाह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक