अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’
अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् । सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।
यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर दिएकी छन् । दही चिउराको पाँचौं श्रृङ्खला भन्दै उनले साथीको साथले जीवन अर्थपूर्ण भएको बताएकी छन् ।

उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्–‘केही यस्ता सम्बन्धहरु हुन्छन्, जसले जीवनलाई अर्थपूर्ण बनाउँछ । मेरो जीवनका ती सम्बन्ध भनेका मेरा साथी हुन् । मेरो जीवनका विभिन्न चरणमा बनेका साथीले मेरो गर्भावस्था बिशेष बनाइदिए ।’
उनी अगाडि थप्छिन्, ‘उनीहरु मलाइ मेरो सुख तथा दुःखमा साथ रहने अनुभव गराएका छन् । उनीहरुलाई मित्रको रुपमा पाएकोमा म अत्यन्त कृतज्ञ महसुस गर्छु र आगामी दिनमा पनि तिमीहरूको महत्व मनमा राख्छु ।’
ऋचाले गतवर्ष दीपेक्ष राणासँग प्रेम विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण