प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी फेरबदल
आइतबार, १३ भदौ २०७८, १३ : १३
प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिइएको छ । यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साहले सम्हाल्दै आएका थिए ।
जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए ।
नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण