कर्णालीका कृषि मन्त्रीबारे प्रदेश सरकारको प्रतिक्रिया- आरोप लगाउँदैमा कारवाही हुँदैन
यतिबेला कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि लागेको आरोपलाई लिएर सामाजिक सञ्जाल तातेको छ । साउन ६ गते मन्त्री शाहीमाथि बलात्कारको आरोपसम्बन्धी समाचार सञ्चारमाध्यममा आएपछि यो विषयमा चर्चा भइरहेको छ ।
सोही विषयलाई लिएर मन्त्री शाहीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट विभिन्न भ्रातृ संगठनहरुले अघि सारेका छन् । उनीहरुले मन्त्री शाहीलाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिने उद्देश्यले सडकमा प्रदर्शनसमेत गरेका छन् ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले सत्यतथ्य कुरा नआएसम्म सरकारले यसबारे केही गर्न नसक्ने प्रस्ट पारेकी छन् । उनले भनिन्, ‘पीडित भनिएको पक्षले प्रशासनमा उजुर गर्ने प्रक्रिया भएको देखिँदैन । पीडित भनिएकी महिलाले सामाजिक सञ्जालमै मेरो चरित्र हत्या गरियो भनेर भन्नुभएको छ । सत्यतथ्य के हो ? त्यो विषय सरकार समक्ष आइपुगेको छैन ।’
मिडियामा आएको समाचारका आधारमा सरकारले कसैको दबाबमा कदम चाल्ने कुरा नआउने उनले प्रस्ट पारिन् । मन्त्री नेपालीले सत्यतथ्य बाहिर आएको खण्डमा वा प्रशासनमा पीडित पक्षले निवेदन दिएको अवस्थामा प्रदेश सरकारले पनि कदम चाल्ने बताइन् ।
‘यो विषयमा धेरै चर्चा परिचर्चा भएको छ । आधिकारिक रुपमा कुरा बाहिर आएको छैन,’ उनले भनिन्, ‘बलात्कारको आरोप भनिएको छ, आरोप भन्ने बित्तिकै त्यो प्रमाणित हुन्छ भन्ने पनि छैन । प्रमाणित नहुन पनि सक्छ ।’
प्रमाणका आधारमा सत्यतथ्य सरकार समक्ष आएमा सरकारले त्यो बेला आफ्नो तर्फबाट चाल्नुपर्ने कदम चाल्ने उनको भनाइ छ । मन्त्री नेपालीले भनिन्, ‘न्याय त पीडितलाई चाहिएको होला नि ! उहाँहरु सम्बन्धित ठाउँमा जानुपर्यो । उहाँहरुले प्रक्रिया त अगाडि बढाउनुपर्यो नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण