श्रीमानबाट छुट्टिने योजनामा छिन् शिल्पा शेट्टी ? राज कुन्द्राको पैसा छुन पनि नचाहेको दाबी
बलिउड नायिका शिल्पा शेट्टीको विषयमा भारतीय मिडियामा एउटा नयाँ खबर प्रकाशित भएको छ । रिपोर्टका अनुसार शिल्पा आफ्ना बच्चासहित श्रीमान् राज कुन्द्रासँग अलग्गिने योजना बुनिरहेकी छिन् । वास्तवमा, शिल्पाका श्रीमान् राज कुन्द्रालाई १९ जुलाई २०२१ मा पोर्न फिल्म बनाएको र एपमा रिलिज गरेको आरोपमा अपराध शाखाले पक्राउ गरेको थियो ।
गिरफ्तारी पछि नै उनी न्यायिक हिरासतमा छन् र लगातार आफ्नो जमानतका लागि कोसिस गरिरहेका छन् । यो मामिलामा राजकी श्रीमती शिल्पा शेट्टीको नीजि र व्यावसायिक जीवन दुबैमा गहिरो असर देखिएको छ ।
शिल्पा राज कुन्द्राको पैसालाई छुनै चाहन्नन्ः
रिपोर्टलाई विश्वास गर्ने हो भने शिल्पाका एक साथीले राज कुन्द्राको समस्या कम नहुने बताएका छन् । साथै उनले राजको यो रहस्य सार्वजनिक भएपछि शिल्पालाई धक्का पुगेको खुलासा गरे ।
शिल्पाका साथीले भने, ‘शिल्पालाई यी हिरा र डुप्लेक्स बेइमानीको बाटो हुँदै आएको थियो भन्ने थाहा थिएन । शिल्पा राज कुन्द्राको पैसा छुन पनि चाहन्न् । शिल्पा काम गरिरहेकी छिन् र उनी आफ्नो बच्चाको हेरविचार गर्नका लागि सक्षम छिन् ।’
उनका साथीले थपेका छन्, ‘शिल्पा हंगामा टु र निकम्मापछि फिल्ममा काम गर्नका लागि तयार भएको पनि सबैलाई बताएकी छिन् । अनुराग बसु र प्रियदर्शनले पहिले नै उनलाई आफ्नो फिल्मका लागि अफर गरिसकेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण