बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काँडाघारीबाट सुन र नगद चोरी

सोमबार, १४ भदौ २०७८, १७ : ४६
सोमबार, १४ भदौ २०७८

काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ । आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप