बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक !

काबुल छाड्न अघि सबै सैन्य सामग्री ध्वस्त पारियो
मङ्गलबार, १५ भदौ २०७८, २० : ००
मङ्गलबार, १५ भदौ २०७८

अमेरिकी सेनाले काबुल छाड्ने अन्तिम सैनिकहरूको फोटो शेयर गरेको छ । यससँगै अफगानिस्तान अमेरिकाको २० वर्षे युद्ध अन्त्य भयो । नाइट भिजन क्यामेराबाट खिचिएको तस्बिरमा ८२ एयरबर्न डिभिजनका कमान्डर जनरल क्रिस डोनाहु सोमबार राति विमानमा चढ्नका लागि हिँडिरहेको देखिन्छ । ‘अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छाडे,’ अमेरिकी सेन्ट्रल कमाण्डले ट्वीट गरेको छ । 

सोमबार राति अमेरिकी सैनिकहरूको अन्तिम बहिर्गमनले पूर्ण पाएको हो । मध्यरात स्थानीय समयअनुसार १२ बज्नभन्दा एक मिनेटअघि अमेरिकी सैन्य विमान काबुलबाट उडेको थियो । 

अमेरिका र उसका सहयोगीहरूले तालिबानकै भरोसामा काबुललाई छाडेर हिँडेका छन्, यो त्यही इस्लामिक सैन्य समूह हो, जसलाई उनीहरूले २००१ मा सत्ताच्युत गरेका थिए । 

अमेरिकाले विमानस्थल छाड्नुअघि सैन्य विमानहरू, बख्तरबन्द गाडी र हाई–टेक डिफेन्स प्रणालीलाई निःशस्त्रीकरण गरेको अमेरिकी जनरलले बताए । 

सेन्ट्रल कमाण्ड प्रमुख जनरल केन्निथ म्याक्केन्जीका अनुसार यसअघि नै हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ७३ वटा विमानहरूलाई फेरि प्रयोगमा आउन नसक्ने गरी निःशस्त्रीकरण गरिएको थियो । ‘यी विमानहरू फेरि कहिल्यै उड्ने छैनन् । यसलाई कसैले चलाउन सक्ने छैन,’ उनले भने । 

उनका अनुसार झन्डै ७० वटा एमआरएपी बख्तरबन्द रणनीतिक गाडीहरू अमेरिकी सैनिकले विमानस्थलमै छाडेका छन् । प्रत्येक गाडीको मूल्य १० लाख अमेरिकी डलर हाराहारीमा पर्छ । यसलाई विमानस्थल छाड्नुअघि अमेरिकी सेनाले बिगारेको छ, त्यसैगरी २७ वटा हम्भी पनि बिगारिएको छ । यसअघि अगस्ट १४ वटा अमेरिकाले काबुल विमानस्थलमा उद्धारकार्य सुरु गरेको थियो, त्यस मिसनका लागि ६ हजार सेना बसेका थिए र उनीहरूले यी अत्याधुनिक गाडीहरू प्रयोग गरेका थिए ।  ‘यी गाडीहरू अब कसैले प्रयोग गर्न सक्नेछैन,’ उनले भने । 

रकेट आक्रमणबाट विमानस्थललाई जोगाउनका लागि अमेरिकाले यहाँ सी–¥याम प्रणाली पनि जडान गरेको थियो । सोमबार इस्लामिक स्टेटले प्रहार गरेका पाँचवटा रकेटलाई निस्तेज गर्न यो प्रणालीले काम गरेको थियो । ‘हामीले अमेरिकी विमान फर्कने अन्तिम मिनेटसम्म पनि यी प्रणालीलाई सञ्चालन गरिरहेका थियौँ, म्याक्केन्जीले भने,‘यी प्रणालीहरूलाई तीव्र रूपमा ध्वस्त गर्नु जटिल थियो । त्यसैले हामीले निःशस्त्रीकरण ग¥यो, जसकारण त्यसलाई फेरि कहिल्यै प्रयोगमा ल्याउन सकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप