सिरहामा दुई परिवारबीच झडप, एक महिलाको मृत्यु
सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो । स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप सुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।
घटनामा संलग्न सबैको तीव्र रुपमा खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण