सकियो ‘हिँड्दा हिँड्दै’ को छायाँकन
प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको छ ।
सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक मिलन आले मगर हुन् । आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको अभिनय फिल्म रहेको छ । प्रस्तुतकर्ता पंगेनीले फिल्म लेखेका हुन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको व्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ हुन् । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी नृत्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण