मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु
बुधबार, १६ भदौ २०७८, १५ : ४०
तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।
स्थानीयवासीले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधरी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण