प्रदेश २ सरकारद्वारा वारुणयन्त्र वितरण
प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रदेश २ सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई बारूण यन्त्र हस्तान्तरण गरेको हो ।
गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोत्तरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाउँपालिकाका उपप्रमुख नगिनादेवी यादव सहितले वारुणयन्त्र बुझेका छन् ।
गत आर्थिक वर्ष ०७७/०७८ मा तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालय र ८ वटै जिल्ला प्रहरीका लागि करिब ४ करोडको लागतमा ९ वटा वारुण यन्त्र खरिद गरेका थिए ।
वारुणयन्त्रको रेखदेखदेखि सञ्चालनका लिग समेत जनशक्तिको अभाव देखाउँदै प्रहरीले लिन नमानेपछि वर्तमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले वारुण यन्त्र स्थानीय तह र सेनालाई हस्तान्तरण गरेका हुन् । स्थानीय निकायहरुको माग बमोजिम वारुणयन्त्र हस्तान्तरण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण