प्रदेश २ सरकारद्वारा वारुणयन्त्र वितरण

प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रदेश २ सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई बारूण यन्त्र हस्तान्तरण गरेको हो ।
गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोत्तरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाउँपालिकाका उपप्रमुख नगिनादेवी यादव सहितले वारुणयन्त्र बुझेका छन् ।
गत आर्थिक वर्ष ०७७/०७८ मा तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालय र ८ वटै जिल्ला प्रहरीका लागि करिब ४ करोडको लागतमा ९ वटा वारुण यन्त्र खरिद गरेका थिए ।
वारुणयन्त्रको रेखदेखदेखि सञ्चालनका लिग समेत जनशक्तिको अभाव देखाउँदै प्रहरीले लिन नमानेपछि वर्तमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले वारुण यन्त्र स्थानीय तह र सेनालाई हस्तान्तरण गरेका हुन् । स्थानीय निकायहरुको माग बमोजिम वारुणयन्त्र हस्तान्तरण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा