आर्थिक पुनरुत्थानमा सघाउन आईएफसीलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) लाई नेपालको आर्थिक पुनरुत्थानमा सघाउन आग्रह गरेका छन् । आईएफसीले बिहीबार आयोजना गरेको भर्चूअल बैठकमा अर्थमन्त्री शर्माले नेपाल सरकारको ध्यान अहिले कोरोना महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहेकाले आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।
आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उल्लेख गर्दै अर्थमन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनमा सहकार्य गर्न सकिने बताए ।
अहिले सरकारले दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको शर्माले बैठकमा जानकारी दिए । साथै वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको पनि उनले उल्लेख गरे ।
दैनिक उपभोग्य वस्तुको उत्पादन स्वदेशमै गरेर आयात घटाउने बताउँदै शर्माले भने, ‘यस्ता वस्तुहरू उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ, आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य हो ।’ हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको पनि शर्माले बताए ।
यस निम्ति आईएफसीसँग सहकार्य गर्न सकिने र आईएफसीको ज्ञान एवम् अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनामा फलदायी हुने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण