राष्ट्रपतिले किन बोलाइन् गृहमन्त्रीलाई शीतलनिवास ?
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिएकी थिइन् । देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा पनि गृहमन्त्री खाँणले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।
राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ । सरकारले भदौ १५ गते धामी घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
