ड्रग्स मामिलामा पक्राउ परेका अभिनेता अरमान कोहली १४ दिनको न्यायिक हिरासतमा
अभिनेता अर्मान कोहलीलाई यस हप्ताको सुरुमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनको मुम्बई स्थित घरमा छापा मारेपछि पक्राउ गरेको थियो । अन्धेरीस्थित उनको घरबाट एजेन्सीले एक ग्राम कोकिन फेला पारेको थियो । बुधबार अभिनेता अरमानलाई मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।
अभिनेताविरुद्ध लागूऔषध सेवनबाहेक अन्य गम्भीर आरोप पनि लगाएको एनसीबीले बताएको छ । एनसीबीले कोहली लागूऔषध सेवनबाहेक लागूऔषध ओसारपसार गर्ने गिरोहका सदस्यसमेत थिए कि भनेर स्पष्ट पार्ने बताएको छ ।
२८ अगस्टको बिहान एनसीबीले हाजी अली नजिकै छापामारी गरेको थियो । यहाँका एक ठूला लागूऔषध कारोबारी अजय राजू सिंहलाई पक्राउ गरेको थियो र उनीबाट २५ ग्राम एमडी बरामद गरेको थियो । अजय राजूको गिरफ्तारी र सोधपुछपछि एनसीबीले थप अनुसन्धान गर्दै अभिनेता अरमान कोहलीको घरमा छापामारी गरेर लागुऔषध बरामद गरेको थियो । सोधपुछपछि अरमान कोहलीलाई पनि पक्रउा गरिएको छ ।
अरमान कोहली बिग बस ७ का हिस्सा थिए र त्यतिबेला उनी व्यापक विवादमा आएका थिए । यसबाहेक उनी दुश्मन जमाना, कोहरा, वीर, जानी दुश्मन, एलओसी कारगिल र प्रेम रतन धन पायोजस्ता फिल्ममा देखिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण